मायादेवी अनलाइन, वाणगंगा ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीका पूर्व सचिव तथा वामपन्थी युवा नेता दिपक पौडेलले बर्तमान सरकार कम्युनिष्टको नभई नेकपाको भएको टीप्पणी गर्नुभएको छ । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय सम्वादमा विहीबार विहान कुरा गर्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो ।
कम्युनिष्ट सरकारले जनताको जनजीविकामा केन्द्रित रहेर काम गर्नुपर्नेमा नेकपा सरकार भष्ट्रचार, दलाल पूँजीबाद, सत्तालिप्सा इत्यादीमा फस्दै गइरहेकाले कम्युनिष्टको सरकार भन्नपनि लाजमर्दो भएको टीप्पणी गर्नुभयो ।
विश्वमा कम्युनिष्ट व्यवस्था रक्षात्मक अवस्थामा रहेको बताउँदै नेपालका कम्युनिष्ट नेताहरुको कमाउनिष्ट प्रवृत्ती नसुध्रिए नेपालमा कम्युनिष्ट व्यवस्था लोप हुने खतरा औल्याउनुभयो ।
(बाँकी अडियो सुन्नुहोस)
प्रतिक्रिया