मायादेवी अनलाइन, वाणगंगा ।
व्रिटिस काउन्सिलद्धारा सञ्चालित आईएसए परियोजना अन्र्तगत वाणगंगा मावि गजेहडा नमुना बन्दै गएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ मा गजेहडामा अवस्थित वाणगंगा माविमा सन् २०१८÷०१९ का लागि आईएसए परियोजना सुरु भएको छ । विद्यार्थीको सिकाईस्तरलाई अन्र्तराष्ट्रिय स्तरको बनाउनका लागि आईएसए परियोजना सुरु भएको हो ।
विद्यालयमा विभिन्न १२ ओटा परियोजनाहरु तयार गरी कक्षा १ देखि १२ सम्म लागु गरिएको विद्यालयका परियोजना कोर्डिनेटर गोविन्दराज पोख्रेलले जानकारी दिनुभयो । जसमा स्थानीय खाना अन्र्तगत खाना महोत्सव सम्पन्न भैसकेको पोख्रलले बताउनुभयो । गत पुस २२ गते सम्पन्न भएको खाना महोत्सवमा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु लगायतको सहभागीता रहेको थियो । विद्यार्थीले बनाएका विभिन्न परिकारको स्वाद चाख्नुभएका थारुले खाना महोत्सव धेरै राम्रो लागेको अनुभव सुनाउनुभएको थियो । खाना महोत्सवमा विद्यार्थीले नेपाली, इन्डियन, बंगलादेशी गरी २३ प्रकारका खानाहरु तयार गरेका थिए । जुन विद्यार्थीद्धारा आयोजना गरिएको खाना महोत्सव कपिलवस्तुमै पहिलो भएको विद्यालयको दाबी छ ।
यसैगरी शुन्य फोहरमैला परियोजना कार्य अन्र्तगत नकुहिने फोहरबाट विभिन्न किसिमका उपयोगी सामग्रीहरु निर्माण गरी विद्यार्थीहरुले प्रर्दशन पनि गरेका छन् । प्लाष्टिकजन्य वस्तुबाट निर्माण गरिएको सामग्रीमा फूलदानी, ढकिया, गु्रन्द्री, फूलहरु थिए । स्थानीय आमा समूहका सदस्यहरुलाई विद्यार्थीहरुले यस विषयमा तालिम समेत प्रदान गरेका थिए ।
यस्तै विद्यालयले सांस्कृतिक परियोजना अन्र्तगत विभिन्न गतिविधिहरु सम्पन्न गरेको छ । जस अन्र्तगत स्थानीय थारु, मगर, नेपाली र तराईको मैथली नाच समेत प्रर्दशन गरिएको परियोजनाका कोर्डिनेटर शिक्षक पोख्रेलले बताउनुभयो । स्थानीय भेषभूषामा सजिएका विद्यार्थीहरुले दर्शकलाई मनै लोभ्याउने गरी आ–आफ्ना कला प्रस्तुत गरेको उहाँले बताउनुभयो ।
यस्तै विद्यालयले आधुनिक प्रविधि अन्र्तगत आइसिटिको प्रयोग, विभिन्न सामाजिक समस्याहरु मध्ये लागुपदार्थ दुव्र्यसनी, बाढीपहिरोको प्रकोप, बसाईसराईको समस्या, मानव बेचविखन, स्थानीय पाठ्यक्रमसंग सम्बन्धित मधुवनधाम र पब्लिक प्राइभेट परियोजना अन्र्तगत तिम्रो समय हाम्रो समय लगायतका परियोजनाहरु सम्पन्न गरेको विद्यालयका प्रध्यानाध्यापक रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
मधुवनधाम नामक स्थानीय पाठ्यक्रम तयार गरी स्थानीय सरकारलाई बुझाई कक्षा ४ र ५ मा २५ पूर्णाङ्क कायम गरी गत बर्ष देखि नै अध्यापन सुरु गरेको विद्यालयका प्रअ भण्डारीले बताउनुभयो । यि उल्लेखित कार्यहरुबाट विद्यार्थीहरुलाई एक्काइसौं शताब्दीमा जान्ने पर्ने विभिन्न ६ ओटा सीपहरु हासिल गराउने विद्यालयको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
यि सीपहरु मध्ये समालोचनात्मक तरिकाले समस्याको समाधान गर्ने, नेतृत्व गर्ने, सिर्जनशिलताको विकास गर्ने, एक आपसमा सम्वाद गर्ने सीपको विकास गर्ने, प्राविधिक साक्षरताको विकास गर्ने र ग्लोवल सिटिजनको भावना विकास गर्ने विश्वास लिएको विद्यालयका आइएसए कोर्डिनेटर पोख्रेलले जानकारी दिनुभयो । विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको गरेर सिक्ने सीपको विकास गर्न विभिन्न परियोजनाहरु तयार गरी लागु गर्ने उद्धेश्य रहेको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया