९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लोकसेवा विज्ञापन विवादः सर्वोच्चको यस्तो आयो आदेश



काठमाडौं ।
लोक सेवा आयोगले स्थानीय तहका कर्मचारी भर्नाका लागि गरेको विज्ञापन विरुद्ध सर्वोच्च अदालतमा परेको सबै रीट निवेदनलाई एकत्रित गरी एकसाथ पेश गर्ने आदेश भएको छ ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडाको इजलाशबाट बुधबार जारी आदेशमा लोकसेवा आयोग र सरकारलाई प्रतिवादी बनाई परेको चार वटै रीट निवेदन एउटै लगावमा परेकोले सुनुवाईका लागि एक साथ पेश गर्ने आदेश भएको अधिवक्ता विकास ठाकुरले जानकारी दिनुभयो ।
लोकसेवा आयोगको विज्ञापनबारे वादी प्रतिवादीलाई बुधवार सर्वोच्च अदालतले छलफलका लागि बोलाएको थियो । एउटै लगावमा पर्ने सबै रीट निवेदन एकसाथ पेश गर्ने सर्वोच्च अदालतको नयाँ आदेशले विज्ञापन सम्बन्धी रीट निवेदनमाथिको सुनुवाई लम्बिने देखिएको छ । आदेशमा आज हस्ताक्षर हुन नसकेकोले सर्वोच्च अदालतबाट औपचारिक सूचना भने जारी गरेको छैन ।
एक दिन अघि मंगलबार मात्र न्यायाधीश मनोज शर्माको इजलाशबाट लोकसेवा विज्ञापन विरुद्ध परेको समान प्रकृतिको रीट निवेदनमाथि कारण देखाउ र अन्तरिम आदेशको लागि छलफल गर्न दुवै पक्ष झिकाउने आदेश भएको थियो ।

प्रकाशित मिति : ४ असार २०७६ बुधबार ००:००  ७ : ०७ बजे