शारदा के.सी., तौलिहवा ।
कपिलवस्तु नगरपालिकाले नगर भित्र रहेका ५ कृषकलाई चापकटन मेसिन (घाँस काट्ने मेसिन) बितरण गरेको छ । कृषि व्यवसाय गर्दै आएका कृषकहरुलाई यो मेसिन वितरण गरिएको हो । व्यवसायमूखि कृषि गरेर जिविकोपार्जन गरिरहेका कृषकहरुलाई यो अनुदान निकै प्रभावकारी देखिन्छ । कपिलवस्तु नगरपालिकाको ६० प्रतिशत अनुदान र कृषकको ४० प्रतिशत लगानी रहेको छ ।
यो मेसिनको प्रयोग गर्दा समयको बचत हुने र व्यवसायिक कृषकलाई सहज हुने भएको कपिलवस्तु नगरपालिका पशु सेवा अधिकृत अब्दुल सलामको भनाई छ । लाईन भएको अवस्थामा बिद्युतको प्रयोग देखि चलाउन सकिने र बिद्युत नभएको खण्डमा मुठियाको प्रयोग देखि चलाउन सकिने उहाँले बताउनुभयो ।
कृषि पेसामा चाहिने सामान नगरपालिकाले अनुदानमा दिदा कृषकहरु खुसि भएका छन् । पशुपालन गर्दा घाँस काट्न निकै गाह्रो हुने गर्दछ । आफुले व्यवसाय गर्द घाँस काट्ने मेसिन नहुँदा गाह्रो भएको चिन्नी यादवको भनाई छ । पहिला घाँस काट्दा २ जना व्यक्ति चाहिन्थ्यो अब भने एक्लै पनि काट्न सकिने पुन्वासी अहिरले बताउनुभयो । मेसिन बिद्युत देखि चल्ने हुनाले कृषकहरुलाई सहजतासंगै व्यवसाय कृषकलाई धेरै सहयोग पुग्ने देखिन्छ ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले मेसिन वितरण गर्नु भएको थियो । बितरण गर्दै अब नगरले कृषकहरुलाई व्यवसायमूखी बन्नका लागि सहजता पु¥याउन बितरण गरिएको बताउनुभयो । कपिलवस्तु नगरपालिका ४ का प्रभावती अहिर, ३ का चिन्नीलाल यादव, ८ का साधना पाण्डेय, ३ का शेषनाथ याण्डेय, ५ का पुन्वासी अहिरलाई बितरण गरिएको थियो ।
यसैबीच प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई तरकारी जोन तौलिहवाले पोष्ट हार्भेष्ट सेन्टर, कस्टम हायरिङ सेन्टर स्थापना तथा साना सिंचाइ सम्बन्धि ३ कृषि समुहलाई कृषियन्त्र बितरण गरेको छ ।
गौतम बुद्ध आई.पि.एम.कृषक समुह बुद्धभूमि १० लाई कृषि सामान ढुवानीमा सहजताका लागि १ पिक्प ८५ प्रतिशत अनुदानमा बितरण गरेको छ । चर्चित कृषक समुह क.व.न.पा.३, जय लक्ष्मी ताजा तरकारी कृषक समुह क.व.न.पा.५ लाई टाम्टर ५० प्रतिसत अनुदानमा बितरण गरेको छ ।
कृषक समुहहरुलाई ढुवानीमा सहज होस भनेर अनुदानमा आधारित कृषियन्त्र बितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई तरकारी जोन तौलिहवाका प्रमुख राकेश ओझाको भनाई छ ।
४ असार २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया