नेपालगञ्ज ।
बाँके प्रहरीले ठूलो मात्रामा अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नेपालगञ्ज–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
बुधबार ९ बजे पुरैनीस्थित बाबाकुटीमा लागु औषधको कारोबार भइरहेको छ भन्ने सूचना पाएर पुगेको प्रहरीले राजेन्द्र विश्वकर्मा, शर्मिला मगर, वीरबहादुर नेपाल, पृथ्वीबहादुर विश्वकर्मा र अम्मरबहादुर दराईलाई अफिमसहित पक्राउ गरेको छ ।
पहाडी जिल्लामा उत्पादन हुने अफिमको बजार नेपालगञ्ज र नेपालगञ्ज हुँदै भारतीय शहर नै हुने गरेको छ ।
बाँके प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बेलुकी पाँच पत्रकार सम्मेलन गरेर घटनाबारे थप विवरण सार्वजनिक गर्ने बताए ।
४ असार २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया