९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भर्लाबासका २१ बर्षिय सागर २ हप्तादेखि सम्पर्कविहिन, खोजी गरिदिन परिवारको आग्रह



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा- ९ भर्लाबासका एक युवक २ हप्तादेखि सम्पर्कविहिन भएका छन् । गत जेठ २४  गते बाणगंगा- २ पिपरास्थित सामुदायिक अस्पतालमा सामान्य उपचारको लागि परिवारसंग गएका २१ बर्षीय सागर गिरी एक्कासी सम्पर्कविहिन भएका हुन् । त्यसदिन विहान १० बजेबाट गिरी परिवारको सम्पर्कमा नआएपछि उनका बुबाआमा चिन्तामा रहेका छन् । त्यसपछि उनी कहाँ गए ? के गर्दै छन् कुनै अत्तोपत्तो नभएपछि उनका परिवारले खोजी गरिदिन सबैलाई अपिल गरेका छन् । उनका बाबु चिन्तानारायण गिरीले छोरा हराएको बिषयमा इलाका प्रहरी कार्यालय पिपरामा जानकारी गराए पनि प्रहरीले अहिलेसम्म फेला पार्न नसकेको मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । परिवारले दिएको जानकारीको आधारमा खोजी गरिरहे पनि फेला पार्न नसकिएको प्रहरीले हामीलाई जानकारी दिँदै खोजी कार्य जारी राखेको जनाएको उहाँले बताउनुभयो ।
परिवारिक श्रोतका अनुसार हराएका गिरी पछिल्लो समय हल्का मानसिक समस्या भोगिरहेका छन् । उनका बुबा गिरीले उनी लागु पदार्थ दुव्र्यसनीपछि पुर्नस्थापित हुँदै गरेको बताउनु भएको छ । लागु पदार्थ छोडेपछि उनमा पछिल्लो समय टोलाउने, एकोहोरो हुने, एक्लै बस्न रुचाउने जस्ता गतिविधि देखिएको पनि पारिवारिक श्रोतले जनाएको छ । अन्दाजी ५ फिट अग्लो, कालोसेतो बुट्टा भएको चेक सर्ट र कालोे जिन्सको पाइन्ट लगाएको, गहुँ गोरो वर्णको मानिस कतै फेला पारेमा तुरुन्त सम्पर्क गर्न पनि हराएका युवक सागर गिरीका बाबु चिन्ता नारायण गिरीले सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले आफ्नो बाबुलाई कतै फेला पार्नुहुने महानुभावले आफ्नो मोबाइल नम्बर ९८६३९४४८९५ वा नजिकको प्रहरी कार्यालय या रेडियो मायादेवीको फोन नम्बर ०७६–५५०३५९ मा सम्पर्क गर्नुहुन पनि अनुरोध गर्नुभएको छ । कक्षा १० पास गरेर सागरले अहिले अध्ययन रोकेर बसेको परिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७६ बुधबार ००:००  ९ : ४७ बजे