९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

क्रिकेट खेल ! ६ रन बनाउँदा अल आउट



एजेन्सी ।
महिला क्रिकेटको एक प्रतिस्पर्धामा ६ रन बनाउँदा टिम अल आउट भएको छ । रुवाण्डामा जारी टी–ट्वेन्टी महिला क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा मालीको महिला क्रिकेट टिम मात्रै ६ रन बनाउँदा बोल्ड आउट भएको हो । सात रनको लक्ष्य रुवाण्डाको महिला टिमले मात्रै चार बलमा भेट्टायो ।
महिला क्रिकेटको टी–ट्वेन्टी प्रतिस्पर्धामा यसअघि कम रन बनाएर आउट भएको कीर्तिमान चीनको टिमसँग थियो । उसले गएको जनवरीमा संयुक्त अरब इमिरेट्स (युएई) सँगको खेलमा १४ रन बनाएको थियो । चीनले त्यो बेला २०४ रनको लक्ष्य पछ्याएको थियो । मंगलबारको खेलमा मालीको टिमले ९ ओभरमा मात्रै ६ रन बनाएको हो ।

प्रकाशित मिति : ४ असार २०७६ बुधबार ००:००  ९ : ११ बजे