मायादेवी अनलाइन, वाणगंगा ।
प्रधानमन्त्री केपि शर्मा ओलीको कार्यशैलीका कारण दुईतिहाईको शक्तिशाली सरकार कमजोर बन्दै गएको राजनीतिक विश्लेषक आनन्दराम पौडेलले बताउनुभएको छ । गुठी विधियेक फिर्ता संगै सरकारले गरेका पछिल्ला निर्णयहरु फिर्ता हुँदै जाने लगायतका समसामयिक विषयमा रेडियो मायादेवीको विहानी प्रस्तुती कार्यक्रम समय संवादसंग बुधबार कुरा गर्दै पौडेलले सो कुरा बताउनुभएको हो ।
केपि शर्मा ओलीमा रहेको राजहठ र कुनैपनि विषयमा तयारी, छलफल र परामर्श नगरि धमाधम आफु अनुकुल निर्णय गर्दै जादा दुई तिहाईको सरकार कमजोर बन्दै गएको उहाँको ठम्याई छ ।
प्रधानमन्त्री केपि शर्मा ओलीले आगामी दिनमा आफुलाई सच्चाएर नलगेमा आफ्नै मन्त्री, आफ्नै पार्टीबाट अप्ठ्यारो हुने तर्क गर्नुभयो ।
(बाँकी अडियोसहित)
४ असार २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया