९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोपा अमेरिकामा पेरुले बोलिभियालाई हरायो



एजेन्सी ।
दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा पेरुले पहिलो जित निकालेको छ । बुधबार बिहान भएको खेलमा पेरुले बोलिभियालाई तीन एक गोलले हरायो ।
योसँगै पेरुले दुई खेलमा चार अंक बनाएको छ । समुह ए अन्तर्गत भएको खेलमा पेरुले बोलिभियाको एक गोलको अग्रता उल्ट्याएको हो । खेलको २८ औं मिनेटमा मार्सेलो मारिनोको गोलमा बोलिभियाले खेलमा अग्रता बनाएको थियो । तर त्यसपछि पेरुले उत्कृष्ट फुटबल खेल्दै तीन गोल गर्न सफल भयो ।
जसमा ४५ औं मिनेटमा पाओलो गुइरेरोले गोल गर्दै खेल एक एकको बराबरीमा र्पुयाए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ५५ औं मिनेटमा जेफेरसोनले गोल गर्दै पेरुलाई दुई एकले अगाडी राखे ।
त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा पेरुका लागि इडिसोन फ्लोरीसले गोल गर्दै टिमलाई तीन एकको जित दिलाए । जारी प्रतियोगितामा पेरुको पहिलो जित हो ।

प्रकाशित मिति : ४ असार २०७६ बुधबार ००:००  ७ : १३ बजे