रुपन्देही ।
५ नम्बर प्रदेशका सवै स्थानिय तहमा बैंकिङ पहुँच पुगेको छ । प्रदेशमा १ सय ९ स्थानीय तह छन् । प्रत्येक स्थानीय तहमा बैंक अनिवार्य हुनुपर्ने नेपाल सरकारको नीति छ । सोही नीति अनुसार सवै स्थानिय तहमा बैंक पुगेको हो ।
जेठबाट रोल्पाको सुनछाहरी गाउँपालिकाका एसविआई बैंकले कारोबार सुरु गरे संगै प्रदेशका १२ वटै जिल्लाका १ सय ८ स्थानीय तहमा बैंकको सेवा पुगेको हो । सुनछहारी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनमगरले जेठ बाट बैंक आएर अहिले कारोबार सुरु गरेको बताए ।
गत चैतमा मुलुकका वित्तीय संस्था नपुगेका १ सय १६ स्थानीय तहमा सहजै बैंकहरू जान नमानेपछि नेपाल राष्ट्र बैंकले २७ वटा वाणिज्य बैंकलाई स्थानीय तह भागवण्डा गरी आफ्नो शाखा सञ्चालन गर्न निर्देशन दिएको थियो ।
गत आर्थिक वर्षको असार मसान्तभित्रै बैंकले शाखा खोलिसक्नुपर्ने निर्देशनअनुसार प्रदेशका अन्य सबै स्थानीय तहमा बैंक स्थापना भई वित्तीय कारोबारसमेत शुरू भएको छ । गुल्मीको सत्यवती गाउँपालिकामा गत साउनमा पहिलो पटक बैंक पुगेको हो । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आफ्नो शाखा खोलेपछि बैंकिङ कारोबारका लागि स्थानीय तम्घास वा रिडी पुग्नुपर्ने बाध्यता हटेको छ ।
४ असार २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया