मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेसको अनुशासन समितिले स्थानीय तह प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टी्विरुद्ध बागी उम्मेद्वार दिने र तिनका प्रस्तावक तथा सर्मथकलाई साधारण सदस्यतासमेत नरहने गरी हटाएको छ । चुनावमा अन्तर्घात गरेका आरोपमा २५ जिल्लाका १८३ जनालाई पार्टीको अभिलेखमा नरहने गरी हटाएको हो ।
२०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश सभा एवं संघीय संसदको निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारवाही भएकाले पार्टीको केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले उनीहरूलाई कारबाही गरेको हो ।
यसरी कार्रबाही खानेमा कपिलवस्तुका पाँच जना परेका छन् । जसमा शिवराज नगरपालिकाको प्रमुखका वागी जमरेश अलि मिया, शिवराज नगरपालिकाकाका उपमेयरका बागी हरिप्रसाद पोखरेल, प्रदेशसभाका बागी राजुप्रसाद अर्याल, निजका प्रस्तावक र समर्थक सन्तोष हमाल र रामधनी बढई रहेका छन् ।
यी नेतालाई पार्टीको अभिलेखमा नरहने गरी हटाएको कांग्रेसले जनाएको छ ।
४ असार २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया