मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश साँसद विष्णु पन्थीले आफुले तिरेको कर आफैसंंग फर्किएर विकासको प्रकृयामा जोडिने बताउनु भएको छ । पन्थीले जति सको आफुले कर तिर्छौ त्यही अनुपातमा आफै संग फर्किएर आउने बताउनुभएको हो । आन्तरिक राजश्व कार्यालय कृष्णनगर र होटल तथा रेष्टुरेष्ट व्यवसायी संघ कपिलवस्तुले पिस हिमालय रिसोर्ट चारनम्बरमा आयोजना गरेको कर शिक्षा प्रशिक्षण कार्यक्रममा यस्तो धारणा राख्नुभएको हो । उहाँले चीन, सिंगापुर र अमेरिकाको उदाहरण दिदै करले अर्थतन्त्रलाई चलाएमान र बृद्धि गर्दै विकासको पाटोमा जोडिने चर्चा गर्नुभयो । उहाँले आफुले तिरेको करको पैसा आफैसंग फर्किएर आउने बताउदै राष्ट्रको विकासको श्रृंखलामा कर ठुलो आधार हुने बताउनुभयो । साँसद पन्थीले करले सवै क्षेत्रलाई चलाएमान बनाउदै देशको अर्थतन्त्र, विकास र समृद्धिमा विशेष महत्व रहेको बताउनुभयो ।
प्रदेश साँसद पन्थीले कर लिने र दिने बीचको असमञ्जयताका कारण कहिले काही व्यवसायी र कर्मचारीबीच टकराव हुने गरेको बताउनुभएको छ । उहाँले व्यवसायी र राजश्वका कर्मचारी बीचको दुरी कम गराउन एक अर्कामा समन्वय र सहकार्य गरेर अघी बढ्नुपर्ने बताउनुभयो । उहाँले हामी अभ्यस्त नभइसकेको कारण कहिले काही कर्मचारी र व्यवसायी बीचको दुरी बढेको बताउदै व्यवसायी र कार्यालयबीच सामज्यस्यता गरेर जानुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका साँसद पन्थीले कपिलवस्तुको सवैभन्दा राम्रो पेशा होटल व्यवसायी हुने बताउदै होटललाई स्तरीय र पर्यटकीय हिसावले सिगार्न आग्रह गर्नुभएको छ । उहाँले कपिलवस्तु प्रदेशकै उत्कृष्ट गन्तब्य हुने बताउदै होटलमा प्रशस्त लगानी गरेर पर्यटकीय आकर्षण गर्न सकिने सम्भावना रहेको बताउनुभयो । उहाँले अन्तराष्ट्रिय विमान स्थल र बुद्ध स्थलको रुपमा यसक्षेत्र पर्यटकीय गन्तब्य भएकाले कपिलवस्तुका होटल व्यवसायीलाई लगानी गर्न आग्रह गर्नुभएको हो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख पूर्ण प्रसाद न्यौपानेले रहरले हामी कोही पनि कर तिर्न जाने नगरेको बताउनुभएको छ । उहाँले अधिकांश व्यक्तिले करको नाम सुन्न नचाहे पनि कर तिर्नु पर्ने राज्यको आवश्यकता भएको औल्याउनु भयो । नेपालको मात्र होइन विश्वको व्यवस्था अनुसार राज्यले कर उठाउने गरेको उल्लेख गर्दै कार्यालय प्रमुख न्यौपानले राज्य सचालन गर्न पनि करको आवश्यकता भएको बताउनुभयो । उहाँले करले राज्य संचालन हुने हुँदा रहरले कर तिर्नुपर्ने वातावरण बनाउन सवै जिम्मेवार हुनुपर्ने जोडदिनुभयो । उहाँले कर संकलन गर्ने व्यवस्था नेपालमा मात्र नभएर विश्वमा नै भएकाले मन परेपनि नपरेपनि कर तिर्नुपर्ने हुन्छ ।
होटल व्यवसायीका समस्या तथा जिज्ञासा र कार्यालयले प्रदान गरेका सेवा सुविधामा केही गुनासो सुन्न आयोजित कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल, मदिरा व्यवसायी संघका कोषाध्यक्ष विष्णु सापकोटा लगाएतले बोलेका थिए ।
कार्यक्रम संघका अध्यक्ष गोपाल बहादुर खत्रीको अध्यक्षता महासचिव रबिन्द्र पौडेलको संचालनमा भएको कार्यक्रममा कर अधिकृत जागेश्वर शर्माले व्यवसायीलाई कर शिक्षा दिनुभएको थियो । सहभागीले व्यवसाय दर्ता, विल विजक, प्यान र भ्याट, कारोबार, कानुनी व्यवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।
३ असार २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया