बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको बाणगंगा ९ भलवाडका विद्यालय क्षेत्रमा अब कुनै बन्द हड्ताल गर्न नपाइने भएको छ । शुद्धोधन जनजीवन मावि जिनवामा रहेको शिक्षक नियुक्ति विवाद समाधान गर्न बसेको बैठकले अबदेखि विद्यालयमा कुनै प्रकारको बन्द हड्ताल र पठनपाठन प्रभावित गर्ने क्रियाकलाप गर्न नपाउने महत्वपूर्ण निर्णय गरेको हो ।
वडाध्यक्ष ध्रुव बेलबासेको अध्यक्षतामा मंगलबार बसेको बैठकमा सहभागी भएका विद्यालय व्यवस्थापन समिति, पदाधिकारी, शिक्षक अभिभावक संघ, स्थानीय राजनैतिक दल, समाजसेवी र अभिभावकले यो विषयमा सहमति गरेका हुन् । कुनै राजनैतिक दल या तीनका भातृसंगठन अथवा अरु कुनै तत्वले विद्यालयमा प्रभाव पार्ने गरी कृयाकलाप गरेको पाइए त्यसलाई कारबाही गर्ने सर्वपक्षीय सहमति भएको वडाध्यक्ष बेलबासेले जानकारी दिनुभयो ।
यस्तै विद्यालयमा शिक्षक रेशम गिरी र गीता केसी रायमाझिलाई नियुक्ति गर्ने सहमति गरेपछि विद्यालयमा एक सातादेखि लगाइएको ताला खुलेको छ । यसअघि केही समुहले शिक्षक नियुक्तिको विषयलाई लिएर नेपाली कांग्रेसका सभापति दिपक थापाको समुहले विद्यालयको प्रअ कक्षमा तालाबन्दी गरेको थियो । सो समुहले पनि अब विद्यालयमा कुनै बन्द, तालाबन्दी लगायतका कार्यक्रम नगर्ने जनाएको छ । तालाबन्दी खुलेपछि विद्यालयको पठन पाठन सहज भएको छ ।
३ असार २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया