९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

महासंघ भन्छ : सरकार प्रेस स्वतन्त्रताप्रति सरकार गम्भीर देखिएन



काठमाडौं ।

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताका लागि देशब्यापी ध्यानाकर्षण गराउँदा समेत सरकार गम्भीर नबनेको आरोप लगाएको छ।

सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै गरिएको आन्दोलनका कार्यक्रमहरुलाई सरकारले उपेक्षा गरेको महासंघको धारणा छ।

महासंघले उठाएका मागप्रति सरकार गम्भीर नभएपछि तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको जनाउँदै सो विधेयक फिर्ता लिन माग राख्दै तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आजदेखि प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको महासंघले जनाएको छ।

महासंघका देशभर रहेका जिल्ला शाखा÷प्रष्ठिान शाखा र एसोसिएट संस्थासहित महासंघ केन्द्रीय कार्यालयमा असार ३ गतेदेखि ५ गतेसम्म संकलन गरिएका हस्ताक्षरलाई जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको छ।

प्रेस स्वतन्त्रताको पक्षमा सञ्चालित यो अभियानमा सक्रिय सहभागिता जनाउन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुप्रति महासंघले आहृवान पनि गरेको छ।

प्रकाशित मिति : ३ असार २०७६ मंगलबार ००:००  ५ : ०७ बजे