९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विचाराधीन गुठी विधेयक फिर्ता



काठमाडौँ ।
सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा मंगलबार अपराह्न गरेको पत्रकार सम्मेलन मार्फत सरकारले विवादास्पद गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन्। राष्ट्रियसभामा विचाराधीन गुठी विधेयकका कारण करिब एक महिनादेखि सडक र सदन दुवै तातेको छ।
यसअघि मंगलबार दिउँसो संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गुठी विधेयक र युरोप भ्रमणबारे बोल्न खोज्दा प्रतिपक्षी कांग्रेसले अवरोध गरेको थियो।
प्रधानमन्त्रीले ओलीले पत्रकार सम्मेलनबाट गुठी विधेयकबारे बोल्ने अपेक्षा गरिएको भए पनि निर्धारित पत्रकार सम्मेलनभन्दा एक घन्टाअघि नै भूमिसुधारमन्त्रीले गुठी विधेयक फिर्ता लिएकी हुन् ।

प्रकाशित मिति : ३ असार २०७६ मंगलबार ००:००  ५ : ०१ बजे