९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पश्चिमी बायुको प्रभावले मनसुन भित्रिनमा ढिलाई



काठमाडौँ ।
देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको मौसमविद गंगा नगरकोटीले बताएकी छन् ।
केही दिनदेखि पश्चिमी वायुको प्रभाव देशभर परेकाले केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।
मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । मनसुन भित्रिनका लागि पश्चिमी वायुको प्रभाव पूर्णरुपमा हट्नु पर्ने भएकाले समय लाग्ने देखिएको हो ।
नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिने गर्छ । पश्चिमी वायुको प्रभावकै कारण यो वर्ष मनसुन भित्रिन ढिला भएको छ ।

प्रकाशित मिति : ३ असार २०७६ मंगलबार ००:००  ७ : ४३ बजे