बझाङ ।
जिल्ला सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टाको वडा नं १ डौठीमा भएको जिप दुर्घटनामा उद्धारको समस्या भएको छ ।
दुर्घटनाको केही समयपछि भारी वर्षा भएका कारण उद्धारमा समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यबहादुर केसीले जानकारी दिए । उनका अनुसार जीप अप्ठेरो ठाँउमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्धारमा पहिले नै निकै समस्या भइरहेको थियो । उद्धारका लागि नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानीय बासिन्दा भिरमा बाटो खनिरहे थिए । त्यसमा पनि वर्षा हुँदा उद्धारमा थप समस्या भएको हो ।
डीएसपि केसीका अनुसार नौ जनाको शव फेला परेको छ । घाइतेमध्ये जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको छ भने एक जना अझै वेपत्ता छन् । उनको खोजी कार्य भइरहेको डीएसपी केसीले बताए ।
वर्षाका कारण मृतक कसैको पनि सनाखत हुन सकेको छैन । जिप भिरमा अड्किएको र कति व्यक्ति सवार थिए भन्ने पनि अहिलेसम्म खुल्न सकेको छैन ।
२ असार २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया