बुटवल ।
अत्याधिक गर्मी बढेपछि रुपन्देहीका अधिकांश विद्यालय बन्द गरिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेका हुन् । बुटवल उपमहानगरपालिका भित्रका बिद्यालयहरु चार दिनसम्म बन्द हुने भएका छन् । अत्याधिक गर्मीको कारण जनाउदै बुटवल उपमहानगरपालिकाले असार ३ गतेदेखि असार ६ गते सम्म चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
बुटवल उपमहानगरपालिकाका उप सचिव मित्रमणी खनालद्धारा जारी सूचनामा अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिका अन्तरगतका सबै विद्यालय मिति २०७६÷३÷३ देखि ६ गते सम्म बन्द गरिएको जनाइएको छ ।
अत्याधिक गर्मीका कारण प्याब्सन सैनामैना अन्तर्गतका विद्यालय सोमबार देखि ५ दिन बन्द भएका छन् । केहि दिनदेखि एकाएक गर्मी बढेपछि प्याब्सन सैनामैनाले यस अन्तर्गतका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै अत्याधिक गर्मीका कारण तिलोत्तमा नगरपालिका भित्रका सामुदायिक र संस्थागत सबै विद्यालय पनि ५ दिनको लागि बन्द भएका छन् । केहि दिनदेखि एकाएक गर्मी बढेको भन्दै नगरपालिकाले नगरपालिका भित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया