९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

विनियोजित बजेटबारे कांग्रेस महामन्त्री कोइरालाको आपत्ति



काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले प्रदेश र स्थानीय तहमा तीस प्रतिशत बजेट पनि विनियोजन नगरेकोमा आपत्ति जनाएका छन् ।
महामन्त्री कोइरालाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार बलियो भए पनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको दाबी समेत गरे । प्राध्यापक हरिशरण उपाध्यायद्धारा लिखित पुस्तक ‘श्री(जी’ को सोमबार काठमाडौंमा विमोचन गर्दै उनले कांग्रेसले समृद्धिका लागि आधार तयार पारे पनि वर्तमान सरकारले त्यसलाई अघि बढाउन नसकेको पनि बताए ।
महामन्त्री कोइरालाले कांग्रेसलाई विपी कोइरालाको मार्गचित्रअनुसार अघि बढाउन आफू लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे । आगामी महाधिवेशनपछि कांग्रेस विपी कोइरालाको मार्ग्चित्र अनुसार अघि बढने उनको दाबी थियो ।

प्रकाशित मिति : २ असार २०७६ सोमबार ००:००  ६ : ०८ बजे