९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

सामुहिक रुपमा उद्यमशील बन्दै बुद्धभूमिका महिला



शारदा के.सी., तौलिहवा ।
नेपालमा कुल जनसंख्याको आधा भन्दा बढी महिलाहरु रहेका छन् । ति मध्ये अधिकांश महिलाहरु अझै पनि घरायसी कामकाजमै सिमित छन् । तर, केही भने उद्यम गरेर आफ्नै खुट्टामा उभिन सक्षम पनि भएका छन् । त्यस्ता महिलाहरुले एक्लै वा संयुक्त रुपमा आफ्नो निजी सीप, पुँजी र श्रम लगानी गरी आत्मनिर्भर मात्रै नभइ मनग्गे मुनाफा पनि आर्जन गरिरहेका छन् । अझ भन्ने हो भनि अचार मन नपराउने नेपाली सायदै नहोलान् । नेपालीको हरेक खानामा होस् कि खाजामा अचार भएकै हुनुपर्छ । अचारका किसिम पनि हजार–हजार होलान,बजार पनि हजार–हजार होलान् तर पनि हामी नेपालीले अचारको ठूलो बजार लिनसकेका छैनौँ । हरेक पसलमा विदेशका खास गरी भारतका उत्पादित अचार मात्र छन् ।
४ बर्ष अघि व्यवसाय शुरु गर्ने उद्देश्यले सामुहिक रुपमा आफ्नै स्थानीय स्तरमै अचार उत्पादन गरी यसलाई व्यवसायका रुपमा अगाडी बढाउदै आएका ६ महिला सफल उद्यमी हुन् । करीब ४ बर्ष अघि उनीहरुले जिल्ला घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाको कार्यक्रमबाट तालिम लिई यो व्यवसाय २०७२ असार २७ गते देखि शुरु गरेका हुन् । यो व्यवसायमा ६ जनाकै सक्रिय र राम्रो साथ रहेका कारण व्यवसाय गर्न सहज भएको छ । ६ जनाकै साथले नै शुरुमा थोरै लगानी देखि सुरु गरेको व्यवसायबाट आज उनीहरुले मासिक ५० हजार सम्म आम्दानी गर्न सक्ने भएको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका गोरुसिङ्गेमा सञ्चालित अचार उद्योगकी अध्यक्ष पबित्रा भट्टराईले अचार व्यवसायबाट नै हामी ६ जनाको परिवार चल्दै आएको बताउनुभयो । शुरुमा घरमा बच्चाहरुको आवश्यकता पुरा गर्न समेत धौ धौ पर्ने उनीहरुलाई अहिले घर धान्ने देखी लिएर आफुलाई आवश्यक परेका सामान समेत किनमेल गर्नलाई सहज भएको छ । घरको काम सकेर रहेको फुर्सदिलो समयमा छरछिमेकमा बस्ने एक अर्काको कुरा गर्ने समयलाई सदुपयोग गर्न उनीहरु सामुहिकरुपमा मिलेर बुद्धबाटिका अचार उद्योग सञ्चालन गरेका छन । अचार व्यवसायबाट राम्रै आम्दानी हुने भएकाले मिलेर यो व्यवसाय ६ जना महिलाहरुले सम्हालिरहेका छन् ।


अचार उद्योग सञ्चालन गर्ने बेला ठुलो आपको मुरब्बा बनाएर बेच्दा कतिले त आलुको मुरब्बा त बनाएर बेचेका छैनौं भन्ने आरोप समेत सुन्नु परेको समेत भट्टराईले बताउनु भयो । बुद्धबाटीका उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर अर्घाखाँची, प्युठान, दाङ्ग, नेपालगञ्ज, बुटवलहरुमा समेत माग हुने गरेको छ भने प्रदर्शनीहरुमा पनि माग बढ्दै गएको छ । अचारले राम्रो बजार पाउन भनि अझै सकेको छैन् । अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने भएकाले महिला दिदीबहिनीले सीप सिकेर यस्ता आयमूलक व्यवसायमा लाग्नुपर्ने उहाँको सुझाव छ ।
उद्योगबाट वार्षिक ८ हजार किलोग्राम विभिन्न ब्राण्डका अचार उत्पादन हुँदै आएको छ । अचार बनाउन आवश्यक पर्ने कच्चा सामानहरुको आफ्नो लगानी र मिहिनेत सही ठाउँमा सदुपयोग गर्न जाने पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने छैन । अहिले उत्त उद्योगमा आप, अमला, लसुन, अदुवा, मुला, खुर्सानी, अकबरे–खुर्सानी, अकबरे–तामा, मिक्स आचार, कागती दाना, मेथी, करेला लगायतका विभिन्न फ्लेवरका अचार बन्ने गरेको छ । उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, बासको तामा, टिमुर, लसुन, करेला लगायतका सामानहरु बुटवलबाट ल्याउने गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७६ सोमबार ००:००  १ : ५७ बजे