एजेन्सी ।
सबैलाई थाहै छ, पाकिस्तानका प्रधानमन्त्री इमरान खान पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तानसमेत हुन् । उनै पूर्वकप्तान इमरानले जारी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको भारतविरुद्धको खेलमा पाकिस्तानी क्रिकेट टिमका क्याप्टेन सरफराज अहमदलाई दुईवटा महत्त्वपूर्ण सन्देश पठाएका थिए । तर, सरफराजले इमरानको सुझावलाई व्यवहारमा उतारेनन् । पाकिस्तान भारतसँग ८९ रनले र्हायो । इमरानले सरफराजलाई सुझाएका थिएस टस जित्यौ भने ब्याटिङ रोज्नू ।
पाकिस्तानले टस त जित्यो, तर सरफराजले फिल्डिङ रोजे । इमरानको दोस्रो सुझावमा भनिएको थियो, राम्रा खेलाडीहरुलाई शुरुमा उतार्नू । यसमा पनि सरफराजले आफ्नै सुरले निर्णय लिए। अथवा उनले जे जे नगर्नू भनिएको थियो, त्यही त्यही गरे । यसको अर्थ यो होइन की सरफराजले प्रधानमन्त्रीको सुझाव मानेको भए पाकिस्तानले खेल जित्ने ग्यारेन्टी थियो।
रोचक कुरा त के छ भने पाकिस्तानले वर्ल्डकपमा आजसम्म भारतलाई एकपटक पनि हराउन सकेको छैन। अर्को रोचक कुरा, पाकिस्तानले सन् १९९२ मा वर्ल्डकप जितेको थियो । त्यतिखेर पाकिस्तानी क्रिकेट टिमका क्याप्टेन थिए, अहिलेका पाकिस्तानी प्रधानमन्त्री इमरान खान।
प्रतिक्रिया