९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कोपा अमेरिका फुटवलः कतारले पाराग्वेलाई बराबरीमा रोक्यो



एजेन्सी ।
दुई गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा पाराग्वेले कोपा अमेरिकामा कतारसँग बराबरी खेलेको छ । विश्वकै सवैभन्दा ठुलो रंगशाला मराकानामा भएको खेलमा ओस्कार कार्डाजोले खेलको चौथो मिनेटमा अग्रता दिलाएका थिए । मिगुएल अल्मिरोनको कर्नर प्रहारमा ब्रुनो भाल्डेजको हेडर प्रहार रोरोको हातमा लागेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कार्डाजोले सुरुवाती अग्रता दिलाएका थिए ।
५६ औ मिनेटमा अल्मिरोनको पासलाई जाली चुमाउदै डिरलिस गोन्जालेजले अग्रता दोब्बर बनाए। खेलको ६८ औं मिनेटमा कतारले खेलमा फर्कने बाटो बनायो । तरिक सलमानको पासलाई अली अल्मोएजले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै कतारलाई खेलमा फर्काए । त्यसको ८ मिनेटपछि कतारले उपहार गोलबाट खेल बराबरीमा ल्यायो ।
बौलेम खौखीको प्रहार पाराग्वेका गोलरक्षक रोबर्ट फर्नान्डेजलेको खुट्टामा लागेपछि क्लियर गर्ने क्रममा जुआन रोड्रिगो रोजासले आत्मघाती गोल गरे । बराबरीसँग पहिलो पटक कोपा अमेरिकामा आमन्त्रिता टोलीको रुपमा सहभागिता जनाएको कतारले महत्वपुर्ण एक अंक बटुलेको छ ।
खेलअवधीभर कतारका ४ र पाराग्वेका २ जना खेलाडीले पहेलो कार्ड पाए । बराबरीसंगै समुह बी मा पाराग्वे दोश्रो र कतार तेश्रो स्थानमा छन् ।

प्रकाशित मिति : २ असार २०७६ सोमबार ००:००  ९ : ३५ बजे