एजेन्सी ।
ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत सोमबार बिहान भएको खेलमा उरुग्वेले प्रभावशाली जित दर्ता गरेको छ । समूह सी मा रहेको उरुग्वेले इक्वेडरलाई ४–० ले पराजित गरेको हो ।
उरुग्वेको जितमा तीन गोल पहिलो हाफमा भएको हो भने उसले दोस्रो हाफमा एउटा उपहार गोल पायो । छैटौँ मिनेटमा निकोलास लोडेइरोको गोलबाट उरुग्वेले सुरुवाति अग्रता लियो । ३३ औँ मिनेटमा एडिन्स काभानीले गोल गर्दै अग्रता दोब्बर पारे ।
४४ औँ मिनेटमा लुइस स्वारेजले गोल गरेपछि पहिलो हाफमा उरुग्वेको अग्रता ३–० मा पुग्यो । ७८ औँ मिनेटमा इक्वेडरका अर्तुरो मिनाले आत्मघाती गोल गरेपछि उरुग्वेले ४–० को जित निश्चित गरेको हो ।
यस्तै समूह बी अन्तर्गत सोमबार बिहानै भएको अर्को खेलमा पाराग्वे र कतारले २–२ को बराबरी खेले । दक्षिण अमेरिकी देशबिचको महादेशीय प्रतिस्पर्धामा यसपटक एसियाका कतार र जापान आमन्त्रित टिमका रुपमा सहभागी छन् । चौथो मिनेटमा ओस्कार कार्डोजोको गोलबाट लिएको अग्रता पाराग्वेले जोगाउन सकेन ।
उसका लाग ५६ औँ मिनेटमा डेर्लिस गोन्जाल्वेजले गोल गरे । त्यसपछि कतारले गोल गरेको हो । कतारका लागि ६८ औँ मिनेटमा अलमोएज अलीले गोल गरे । ७७ औँ मिनेटमा पाराग्वेका आन रोड्रिगो रोजासले आत्मघाती गोल गरेपछि खेलमा बराबरी भयो ।
प्रतिक्रिया