९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

गण्डकी प्रदेशमा ३२ अर्ब १३ करोडको बजेट प्रस्तुत



कास्की ।
अरु प्रदेशले जस्तै कृषि, पर्यटन र पूर्वाधार विकासलाई नै मुख्य प्राथमिकता दिएर गण्डकी प्रदेश सरकारले बजेट ल्याएको छ । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री किरण गुरुङले ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७६ सोमबार ००:००  ९ : ०१ बजे