९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कर्णाली प्रदेशमा ३४ अर्ब ३५ करोड ३४ लाखको बजेट प्रस्तुत



सुर्खेत ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।
चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पूँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ । बजेटको स्रोतमध्ये आन्तरिक राजश्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य छ भने चालु बजेटमा खर्च नभएको ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार छ ।
यस्तै संघीय सरकारबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटबाट आउने २ करोड ७४ लाख र सशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख छ ।
समपूरक र विषेश अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख अनुदान प्राप्त हुने र नपुग ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट जुटाउने लक्ष्य राखिएको छ । कर्णाली सरकारले अरु कार्यक्रमसँगै बैंक खाता छोरीको सुरक्षा जिवनभरीको कार्यक्रम अन्र्तगत छोरी जन्मेपछि २० वर्षसम्म मासिक ५ सय रुपैयाँ खातामा जम्मा गर्ने कार्यक्रम ल्याएको छ । साथै कर्णाली सरकारले छोरीबुहारी छात्रवृत्ति कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।

प्रकाशित मिति : २ असार २०७६ सोमबार ००:००  ८ : ४८ बजे