एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध भारतले सहज जित निकालेको छ ।आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई डीएल मेथडबाट ८२ रनले पराजित गरेको हो । विश्वकपको सबभन्दा रोमाञ्चक मानिएको खेलमा भारतले दिएको ३३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले वर्षाका कारण निर्धारित ४० ओभर र ३०२ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै मात्र २१२ रन बनायो । पाकिस्तानका लागि फखर जमानले अर्धशतकीय पारी खेले । ७५ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ६२ रनको योगदान गरे । त्यस्तै बाबर आजम ४८ र इमाद वसीमले ४६ रनको योगदान गरे । बलिङतर्फ भारतका लागि जस्रप्रित भुम्रा, हार्दिक पान्ड्या र कुलदिप यादवले समान दुई–दुई विकेट लिए ।यस अघि ओल्डट्राफोर्ड मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पाँच विकेट गुमाउँदै ३३६ रन बनायो । भारतका लागि रोहित शर्माले शतकीय पारी खेले । ओपनरमा आएका ११३ बल खेल्दै १४ चौका र ३ छक्काको सहयोगमा १४० रन पूरा गरे ।
त्यस्तै कप्तान विराट कोहली र केएल राहुलले अर्धशतकीय पारी खेले । ६५ बल खेलेका कोहलीले ७ चौकाको सहयोगमा ७७ रन बनाए । त्यस्तै ७८ बल खेलेका केएलले ३ चौका र २ छक्काको सहयोगमा ५७ रनको योगदान गर्दै आउट भए ।
भारतका लागि हार्दिक पान्ड्याले २६ रन बनाएर आउट भए । बलिङतर्फ पाकिस्तानका लागि मोहम्मद आमिरले सर्वा्धिक तीन विकेट लिँदा हसन अली र वाजाव रिजाले समान एकएक विकेट लिए ।
प्रतिक्रिया