तिलोत्तमा ।
तिलोत्तमा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । आइतबार नगरपालिकाको परिसरमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरीएको हो ।
कार्यक्रममा नेकपाका नेता तथा प्रतिनिधि सभाका सदस्य छबिलाल बिश्वकर्माले कार्यक्रमका लागि छनौट भएका दुई जनालाई निर्माण तथा सरसफाईका औजार हस्तान्तरण गर्नु भयो ।
यस कार्यक्रमका लागि तिलोत्तमा नगरपालिकाबाट पहिलो चरणमा ३ सय १६ जना छनौट भएका छन् । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधनमन्त्री रोजगार कार्यक्रमका लागि तिलोत्तमा नगरपालिकालाई ७० लाख रुपैया उपलब्ध गराएको छ ।
मन्त्रालयबाट प्राप्त रोजगार कार्यक्रमको रकम ७० प्रतिशत आबेदन फारम भरी छनौट भएका मध्यबाट पनि छनौट गरी तोकिएको मापदण्डका आधारमा बेरोजगार युवालाई न्यूनतम ३० दिनको रोजगारी उपलब्ध गराइने छ ।
छनौट भएका बेरोजगार युवालाई सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, गार्मेण्ट, खानेपानी, स्वास्थ्य तथा सरसफाई, शिक्षा, वन तथा जलाधार र पर्यटन क्षेत्रमा काममा लगाउन मन्त्रालयले निर्देशन दिए अनुसार बिभिन्न क्षेत्रमा काममा लगाइने छ ।
प्रतिक्रिया