९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

छरुवा विधिबाट धान रोप्न कपिलवस्तुमै पहिलो पटक भित्रियो ड्रम सिडर मेसिन



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका ४ वटा कृषक समुह तथा सहकारीलाई ड्रम सिडर (धानको विउ हिलोमा छर्ने मेसिन) वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान सुपर जोनमा छरुवा विधिबाट धान रोप्न ड्रम सिडर मेसिन ल्याइएको हो । यान्त्रिकीकरणमार्फत कृषिमा किसानको आकर्षण बढाउन मेसिनहरू ल्याएको वरिष्ठ कृषि विकास अधिकृत मुकुन्द भुसालले बताउनुभयो । उहाँका अनुसार ड्रम सिडर मेसिनबाट ब्याड नै नराखी धान रोपाइँ गर्न सकिन्छ ।
ड्रम सिडरबाट खेत हिल्याएर धान रोपाइँ गर्न सकिन्छ । ब्याड राखेर गरिने धान खेतीभन्दा छरूवा विधिबाट खेती गर्दा किसानलाई फाइदा पुग्ने गरेको भुसालले बताउनुभयो । उहाँका अनुसार छरुवा विधिबाट धान रोपाइँ गर्दा ब्याड राख्नुपर्ने झन्झट नहुने, बीउ काट्नु नपर्ने, रोपार नलाग्ने, समयको बचत, ज्याला मजदुरीको बचत र सिँचाइको समेत बचत हुने गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान सुपरजोन कार्यक्रम अन्तरगत ४ कृषक समुह तथा तथा कृषि सहकारीलाई उक्त मेसिन वितरण गरिएको हो । जिल्लामै पहिलो पटक वितरण गरिएको उक्त ड्रम सिडर मेसिन नमूना प्रर्दशनको लागि वितरण गरिएको प्रमुख भुसालले जानकारी दिनुभएको छ ।
उहाले यस वर्ष नमुनाको रुपमा मेसिन वितरण गरिएको भन्दै यसको प्रभावकारीताको आधारमा अन्य वर्ष पनि वितरण गरिने बताउनुभयो । उक्त ड्रम सिडर मेसिनले धानको विउ हिलोमा छर्ने हुदा कृषकलाई ब्याड राख्नुको साथै रोप्न नपर्ने धान सुपरजोन कार्यलय कपिलवस्तुका प्रमुख भुषालले बताउनुभयो । प्रति मेसिन २० हजार पर्ने उक्त ड्रम सिडर पूर्ण अनुदानमा ४ वटा कृषि सहकारी तथा कृषक समुहलाई वितरण गरिएको हो । जयनगर कृषक समुह गोरुसिंगे, बोलबम कृषक समुह लक्ष्मणघाट, समाबेसी कृषि सहकारी संस्था लिमिटेड बैदौली र लोप्रिय कृषि सहकारी संस्था मटेरियालाई मेसिन वितरण गरिएको छ ।
मेसिनले कम लागत, समय बचत, मदजुर अभाव, खेतीतर्फ नयाँ पुस्ताको उपस्थितिमा कमीलगायत कारणले रोपाइमा हुने समस्यालाई न्यूनिकरण गर्ने छ ।
ड्रम सिडर मेसिनबाट खेत हिल्याएर रोपाइँ गरिन्छ । नुनपानीमा भिजाएर छानेको धानको बीउलाई बोरामा बाँधेर २४ घण्टा राख्दा बीउ रोप्न लायकको बन्छ । उक्त बीउलाई ड्रम सिडर मेसिनमा हालेर एक जनाले तान्दै खेतमा रोपाइँ गरिन्छ । छरूवा विधिअन्तर्गत ड्रम सिडर मेसिनबाट रोपाइँ गर्दा प्रतिकट्ठा १ केजी धानको बीउ आवश्यक पर्छ । मेसिन एकै जनाले तानेर रोपाइँ गर्न सकिन्छ । छरूवा विधिबाट गरिएको रोपाइँको धान खेतमा पछि गोडमेल गर्न सजिलो हुने छ । जिल्लामा यो विधिबाट वर्षे धान खेती गर्न लागिएको पहिलोपटक हो । नौलो विधि भए पनि जिल्लाका किसान यो मेसिनप्रति आकर्षित भएका छन ।

प्रकाशित मिति : १ असार २०७६ आइतबार ००:००  ७ : २१ बजे