९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

जितपुर स्थित होटलमा युवा मृत भेटिए, एक जना प्रहरीको नियन्त्रणमा (अपडेट)



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका जितपुरमा आइतबार एक युवा मृत भेटिएका छन् । वाणगंगा नगरपालिका जितपुर चोकमा अवस्थित सिजन होटलमा बसेका रुपन्देहीका सन्तोष क्षेत्री विहान मृत भेटिएका हुन् ।
उनी उक्त होटलमा जेठ ३१ गतेबाट बसेको होटल सञ्चालकले बताएका छन् । रुपन्देहीको कालिकानगर घर बताउने अन्दाजी २८, २९ वर्षका क्षेत्री आइतबार कोठामै मृत भेटिएका थिए । उनलाई कोठा सफा गर्ने समयमा बिहान ८ बजे होटल सञ्चालकले मृत देखे पछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै होटल सञ्चालकले ईलाका प्रहरी कार्यालय पिपरामा खबर गरे र ईलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक आयुष प्रसाद जोशी र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेको कमाण्डमा ५ जनाको टोली थप अनुसन्धानको लागि घटना स्थल पुगेको थियो ।
घटनाबारे बुझ्दा कपिलवस्तुको वाणगंगा नगरपालिका ३ झुंगा बस्ने ३६ वर्षका धुर्वराज पाण्डे मृतक संग जेठ ३२ गते राती साढे ९ बजे संगै बसेको खुल्न आएको छ । मृतकका साथी पाण्डे आज बिहान ७ बजे होटलबाट घर गएका थिए । प्रहरीले घटनाबारे थप जानकारीको लागि धुर्वराज पाण्डेलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ असार २०७६ आइतबार ००:००  ३ : १५ बजे