मायादेवी अनलाइन, तौलिहवा ।
अवैद्य बालुवा उत्खनन् गर्दै लोड गर्ने ११ वटा ट्याक्टरलाई जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले नियन्त्रणमा लिएको छ । आज बिहान ५ः४० बजे कपिलवस्तु नगरपालिका वडा नं ३ रामघाट, छोटकी तौलिहवा र महाराजगंज एरियाको खोलाबाट अवैध रुपमा वालुवा लोड गर्दै गरेका ति ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले लु ३ त ९६१०, ९७४८, ९५८, ५२७०, ८०६, ८५२६, ७३३, ९०४४, ४२२७, २४५१ र ४५८३ नंम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ट्याक्टरलाई कार्यलयमा राखि आवश्यक कारवाहीको जिल्ला समन्वय समितीको कार्यालय कपिलवस्तुमा पठाउने पहल भैरहेको प्रहरीले जनाएको छ ।
१ असार २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया