९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

लागुऔषध मुद्धामा फरार अभियुक्त ८ वर्ष पछि पक्राउ



मायादेवी अनलाइन, कपिलवस्तु ।
जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले ८ वर्ष पछि फरार अभियुक्तालाई पक्राउ गर्न सफल भएको छ । लागुऔषध मुद्धामा फरार सन्जु भनिने राधा कहारलाई ८ वर्ष पछि प्रहरीले पक्राउ गरेको हो । कहारलाई वि.स. २०६८-०३-२८ गते कपिलवस्तु जिल्ला अदालतको फैसलाले लागु औषध मुद्धामा ६ बर्ष कैद र १० हजार जरिवाना तोकेको थियो । साथै २०६९-०१-२८ गते कपिलवस्तु जिल्ला अदालतको फैसलाले लागुऔषध गाँजा चरेश मुद्दामा ५ बर्ष कैद र ५ हजार जरिवाना फैसला गरेको थियो । उक्ता फैसला पछि अभियुक्त फरार भएकी थिइन् । कपिलवस्तुको साविक कपिलवस्तु नगरपालिका वडा नं १ हाल कपिलवस्तु नगरपालिका वडा नं २ वस्ने ४० की सन्जु भन्ने राधा कहारलाई प्रहरीले जेष्ठ ३२ गते पक्राउ गरेको थियो । उनलाई आज कपिलवस्तु जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले अदालत बाट कैद तथा जरिवाना तोकिएका व्यक्तिहरु लाई पक्राउ गर्ने अभियान चलाएको छ । सोही अनुसार लागुऔषध मुद्धामा फरार एक अभियुक्तलाई ८ वर्ष पछि प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १ असार २०७६ आइतबार ००:००  २ : ५३ बजे