९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

वीरगञ्जमा एक भारतीयसहित दुई जनाको शव फेला



वीरगञ्ज ।
वीरगञ्जमा एक भारतीय नागरिकसहित दुई जनाको शव भेटिएको छ । भारतको बिहार छाप्रा जिल्ला सिमान–१ मा बस्ने अन्दाजी ४५र५० का महन्थ यादवको शव भेटिएको हो ।

आइतबार बिहान वीरगञ्ज महानगरपालिका–१७, आईसीपी गेटभित्र पार्किङ गरी राखेको डब्लु बी ११ बी ५४१० नम्बरको ट्रकको छेउमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । उनी सोही ट्रकका चालक हुन् ।

गर्मीका कारण गाडीमाथि सुतेका उनी निन्द्रामा खसेर मरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

त्यसैगरी वीरगञ्ज महानगरपािलका–२, छपकैयामा अर्को शव फेला परेको छ । छपकैयास्थित पोखरीको छेउमा एक पुरुषको शव भेटिएको हो । उनको परिचय खुलेको छैन ।

प्रकाशित मिति : १ असार २०७६ आइतबार ००:००  १ : ३० बजे