गणेश बेल्बासे संगम, अर्घाखाँची ।
शितगंगा ८ मा जारी वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता सकिएको छ । शितगंगा नगरपालिका वडा नं ८ को आयोजना र एकता युवा क्लब लापेको सहआयोजनामा दोस्रो वडा स्तरीय खुला पुरूष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रताियोगिताको समापन कार्यक्रममा पुरस्कार वितरण गर्दै प्रमुख अतिथी एवम् वडा नं ८ का वडाध्यक्ष रुकेश आलेले स्वास्थको लागि खेल राष्ट्रका लागि खेल अनिर्वाय रहेको बताउनु भएको छ । वडाका युवाहरू लाई एकिकृत गरी खेलका माध्यमबाट वडाको विकास र समृद्धको बाटोमा डोऱ्याउन सकिने बताउनु भएको छ । स्थानिय स्तरमा रहेका खेल प्रेमी युवाहरुलाई प्रोत्साहन गरी खेल प्रति अभिरुची जगाउने उद्देश्यले खेलको आयोजना गरिएको वडाध्यक्ष आलेले बताउनुभयो ।
२ दिन सम्म संचालन गरिएको दोस्रो वडा स्तरीय खुला पुरूष भलिबल प्रतियोगितामा आयोजक प्रथम, ह्वाइट हाउस युथ क्लब दाङ दोस्रो र सरुमारानी गाउँपालिका प्युठान तेस्रो स्थान भएका थिए ।
कार्यक्रमलाई सम्पन्न गर्न दोस्रो पुरस्कारको प्रायोजनमा दक्षिणकाली निर्माण सेवाका प्रोप्राइटर दुर्गा जि.एम., सहप्रायोजनका रुपमा दक्षिण काली क्रेस उद्योगका प्रो। विश्वराज आचार्य, तेस्रो पुरस्कारको प्रायोजनमा जस बहादुर रोकाहा, कार्यक्रम व्यवस्थापनमा समाजसेवी निम बहादुर दर्लामी, शिवसूर्य अग्नी सिमेन्ट, शिवम् सप्लायर्सका प्रो. घन बहादुर गाहा, एस. सप्लायर्स, सुलिकोट निर्माण सेवाका प्रो. जित बहादुर गिरीले नगद आर्थिक सहयोग गर्नु भएको थियो ।
समापन कार्यक्रममा प्रथम विजेतालाई ३० हजार नगद सहित शिल्ड र प्रमाण पत्र, दोस्रो विजेतालाई २० हजार नगद सहित शिल्ड र प्रमाण पत्र र तेस्रो हुने विजेतालाई १० हजार नगद सहित शिल्ड र प्रमाण पत्र प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रममा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा शितगंगा नगर कार्यपालिका सदस्य अर्चना राना, युवा समाजसेवी जस बहादुर रोकाहा, समाजसेवी निम बहादुर दर्लामी, सामाजिक अभियान्ता एवम् पत्रकार गणेश बेल्वासे संगम, गायक एवम् मोडल विक्रम राना, समाजसेवी जमानसरी सुनार, प्रकाश जवरा लगाएतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।समापन कार्यक्रम टान बहादुर रखालको अध्यक्षता, यागेश्वर गिरीको खेल संचालन र समापन कार्यक्रमको संचालन दिपक भुसालले गर्नु भएको थियो ।
२ दिन सम्म संचालन गरिएको खेलमा ११ समुहले भाग लिएको खेल संयोजक दिपक भुसालले बताउनु भयो ।
प्रतिक्रिया