रचना खासु मगर, तौलिहवा ।
नदी खोलाको ठेक्काको अन्तिम समयमा प्रहरी हर्कतमा आएको छ । गत मंसिरबाट खोलानालाको ठेक्का लागे यता त्यहा ठेकेदारले मनोमानीढंगले उत्खखन गरे पनि स्थानीय, निकाय, जिल्ला समन्वय समति, प्रहरी प्रशासन, प्रदेश सरकार मौन बसेका छन । तर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक र प्रशासन कार्यालय प्रजिअ फेरिए पछि खोला ठेक्काको अन्तिम समयमा प्रहरीले खोलामा अबैधरुपमा उत्खखन कार्यमा संलग्न साधन र मानिसहरुलाई धमाधम पक्राउ गरेको छ । प्रहरीले ३ दिनमा १७ सवारी साधन र १५ जनालाई पक्राउ गरेको छ । स्थानीय नियकाले खोला नालामा लगाएको ठेक्का जेठ ३२ गते समाप्त हुदैछ । ठेकेदारले जेठको सुरुवात देखि नै खोलानालाहरुमा जेसीबि, एक्साभेट लगाएर अबैध उत्खखन गरिहेका छन ।
यसको ब्यापक जन गुनासो आए पछि प्रहरी हर्कतमा आएको हो । आज प्रहरीले बुद्धुभुमी नगरपालिका १ कोन्द्रे खोलामा ११ वटा सवारी साधन र १० जनालाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेयले बताउनुभयो । पाण्डेकै नेतृत्वमा गएको टोलीले २ वटा जेसिबी, एक एक्साभेटर र ८ वटा टिप्पर सहीत ११ सवारी साधन पक्राउ गरिएको हो ।
पक्राउ परेको मानिस र सवारी साधनलाई आवश्यक कारबाहीकालागि जिल्ला समन्वय समिति पठाईएको पाण्डेयले बताउनुभयो । रामघाट खोलामा प्रहरीले अबैध उत्खननमा संलग्न २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई जिल्ला समन्वय समिति पठाएको छ ।
गत जेठ ३० गते बुद्धुभुमीकै वडा नम्बर ६ बेलनदीबाट ३ वटा ट्याक्टर र एक जेसीबी र ५ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेका सवारी साधनलाई जिल्ला समन्वय समिति पठाईएको र ५ जना माथी सार्वजनिक मुद्दा चलाईएको छ । खोलानालामा स्थानीय जनप्रतितिधिकै मिलेमतोमा अबैध दोहन हुदै आएको श्रोतको भनाई छ । सबै निकायका प्रमुख प्रतिनिनिधिहहरुलाई कमिशन दिईएको छ त्यसैले यस बषर््ा पनि ठेकेदारहरु मोटाएका छन एक ठेकेदारले भने ।
प्रहरीले ठेक्काको अन्तिम समयमा आएर नियन्त्रणको प्रयास गरिएको छ यो कार्य सुरु देखि नै गर्नु पथ्र्यो ’ उनले भने । उता प्रहरीले जिल्लाबाट ब्यापकरुपमा भईरहको गोरु तस्कारी रोक्न समेत कदम चालेकोछ । शिवराजन नगरपाकिलाको बनकसबासामा रहेको गोरु संकलन केन्द्रमा लोड गर्न राखिएको गोरुहरु फुकालेर भगाई दिएको छ । दाङबाट ना ४ ख १७१७ नम्बरको ट्रकमा लोड गरी ल्याईएको ट्रकलाई समेत फिर्ता गरी पठाईएको प्रहरी नायब उपरिक्षक पाण्डेयले बताए । कृषि प्रयोजनकालागि गोरुहरु नेपालको एक स्थानबाट अर्को स्थानमा लैजान पाईन्छ । यसैको फाइृदा उठाउदै तस्करहरुले गोरु तस्करी गर्ने गरेको सुरक्षा श्रोतको भनाइृ छ ।
३२ जेष्ठ २०७६ शनिबार ००:००
2
Shares
प्रतिक्रिया