१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वाणगंगाका महिलालाई सेनेटरी प्याड बनाउने तालिम



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिकाका महिलालाई सेनेटरी प्याड बनाउने तालिम दिईएको छ । महिलालाई आत्म निर्भर बनाउन को साथै प्याडको प्रयोगबाट स्वास्थ्यमा सुधार ल्याउन सो तालिम दिइएको हो । घरेलु तथा साना उद्योग कार्यलयको आयोजनामा भएको तालिममा वडा नम्बर १, २, ४ र ८ का गरी २० जना महिलालाई सेनेटरी प्याड बनाउन सिकाइएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल दर्शन समाज कपिलवस्तुका अध्यक्ष राजेन्द्र शाहले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारा पुरा गर्न नागरिक ब्यवसायिक र आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । उहाले सिकेको सिप लाई सदुपयोग गर्ने सहभागि सबैलाई आग्रह गर्नुभयो । तालिममा प्रशिक्षक पार्वती गिरीले महिलालाई सेनेटरी प्याड बनाउन सिकाउनु भएको थियो । कार्यक्रम वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष चित्रबहादुर खाणको अध्यक्षता र नेपाल दर्शन समाज कपिलवस्तुका सुस्मा खाणको सञ्चालनमा भएको हो । ७ दिन सम्म सञ्चालन भएको तालिममा २५ देखी ४० वर्षका महिलाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६ शनिबार ००:००  ८ : १५ बजे