१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

‘पहिले कम्युनिष्टले जिते गोली हान्छ भन्थे, अहिले गुठी विधेयकबारे त्यस्तै हुँदैछ’ : पाण्डे



मायादेवी अनलाइन, वाणगंगा ।
पूर्व परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य महेन्द्र बहादुर पाण्डेले गुठी विधेयकबारे जातीय र धार्मिक कुरा मिसाएर अनावश्यक प्रचार गर्न खोजिएको बताउनुभएको छ । विधेयकबारे निकै सटिक र गम्भिर तर्क राख्नुभएका पाण्डेले विधेयक छलफलबाट ल्याउनै पर्ने बाध्यता नभएको आशय व्यक्त गर्नुभयो । यद्यपी यसबारे खुलेरै विरोध तथा समर्थन भने गर्नुभएन । ब्यंग्यात्मक तरिकाले यसबारे पाण्डेले जवाफ दिनुभएको छ ।
मदन भण्डारी फाउण्डेसनको प्रथम जिल्ला भेलालाई कपिलवस्तुको वाणगंगामा सम्बोधन गर्न आउनुभएका पूर्वमन्त्री पाण्डेले गुठी विधेयकबारे विमती राख्नेले किसान, मजदुरका विषयमा जस्ता सुकै ऐन ल्याइयोस विरोध हुँदैन्, भन्नुभयो । ‘नेपालमा गरिबी, बेरोजगारी, असमानता व्याप्त छ यस विषयमा जस्तोसुकै ऐन बनोस कसैले चासो राख्दैनन्, तर गुठी विधेयकबारे अनावश्यक तर्क गरिरहेका छन्, पूर्व मन्त्री पाण्डेले प्रश्न गर्दै भन्नुभयो, यसको आशय के हो आफै बुज्नु ?’
विधेयक ल्याउँदा आवश्यक छलफल भएन भनेर तर्क पनि आइरहेका छन्, नेता पाण्डेले व्यंग्य गर्दै भन्नुभयो, “अब केही दिन पछि हत्यारा, बलात्कारीको बीचमा पनि प्रयाप्त छलफल गरेर त्यसबारे विधेयक ल्याउँनु पर्छ भन्दै कुर्लिने छन्, विचार गर्नुस ।” नेपालमा गरिब किसानको बारेमा भन्दा धनिका विषयमा धेरै कुरा उठ्ने गरेको उहाँले बताउनुभयो । गुठी विधेयकको विरोध पनि यसैको क्रमबद्धता भएको उहाँको तर्क छ । किसानका ऐन भन्दा विनोद चौधरीको उद्योगका ऐन कतिपयलाई धेरै महत्व र चिन्ता लाग्ने गरेको प्रसंङ्ग निकाल्दै नेता पाण्डेले गुठी विधेयकमा जातिय र धार्मिक कुरा मिसाएर प्रचार गर्न खोजिएको बताउनुभयो ।
‘हिजो विहान कांग्रेसहरुले कम्युनिष्टले चुनाव जिते ६० बर्ष पुगेपछि गोली हान्छ भन्थे, त्यति मात्र होइन् मेरो जिल्लामा त मन्दिर भत्काएका फोटा देखाएदै कम्युनिष्टले जिते भने यही हुन्छ पनि भन्न भ्याए, पाण्डेले भन्नुभयो, यसैगरी राजनीति गर्नेहरु पनि अहिले यहाँ छन्, सचेत हुनुपर्छ ।’
लामो समय नीति, विचार र समसामयिक विषयबस्तुका बारेमा बोल्नुभएका नेकपाका केन्द्रिय सदस्य समेत रहनुभएका नेता पाण्डेले कम्युनिष्ट आन्दोलनलाई सफल पार्नका लागि विचारमा एकरुपता हुनुपर्नेमा जोड दिनुभयो । विचार व्यक्तिका हुन नसक्ने भन्दै प्रयाप्त छलफल गरेर स्पष्ट कार्यदिशाका साथ नेकपा अगाडी जाने दाबी गर्नुभयो ।
कपिलवस्तु ऋषिहरुको भूमि रहेकोले यसको महत्व संसारभर रहेको बताउनुभयो । पूर्वीय दर्शकले भरिपूर्ण स्थल कपिलवस्तु हो आज म यहाँ आउन पाए उहाँले भन्नुभयो, ‘म यसैमा ज्यादा खुसी छु ।’
कार्यक्रमका नेकपाका केन्द्रिय सदस्य डोर प्रसाद उपाध्याय, विमला घिमिरे, प्रदेश कमिटी सदस्य बलराम अधिकारी, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, मदन भण्डारी फाउण्डेसनका प्रदेश अध्यक्ष सूर्य ढकाल लगायतले बोल्नुभएको थियो ।
मदन भण्डारी फाउण्डेसनका जिल्ला अध्यक्ष टोपलाल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा युवराज पोख्रेलको स्वागत मन्तव्य र गोपालमणी ज्ञवालीको सञ्चलान रहेको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६ शनिबार ००:००  ४ : ४८ बजे