१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बुद्धभूमिमा सञ्चालित ३ महिने निशुल्क सिपमुलक तालिम सकियो



मायादेवी अनलाइन, बुद्धभूमि
बुद्धभूमि नगरपालिका बुड्ढिमा सञ्चालित ३ महिने निशुल्क सिपमुलक कम्प्युटर हार्डवेयर र मोबाईल रिपेयरिङ्ग तालिम सकिएको छ । आज बुद्धभूमी न.पा ९ ईमिलियामा एक कार्यक्रमका बिच तालिमको समापन गरिएको हो । “सिपयुक्त नेपाली समृद्ध नेपाल ” भन्ने मुल नाराका साथ माईक्रोटेक ट्रेनिङ्ग एकाडेमि प्रा.लि बुद्धभूमिको प्राबिधिक सहयोग र बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा नगरभित्रका २ सय जनाले तालिम लिएका छन् । तालिम गत चैत्र २ गतेबाट सुरु भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख केशब कुमार श्रेष्ठले सिकेको सिपलाई सदुपयोग गर्दै आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गर्नुभएको छ । नगरपालिकाका सम्पूर्ण यूवालाई आत्मनिर्भर बनाइ बुद्धभूमि नगरलाईनै समृद्ध बनाउने बताउदै नगर प्रमुख श्रेष्ठले आगामी दिनमा पनि यसता तालिम सञ्चालन गर्ने बताउनुभयो ।
तालिममा सहभागिले ३ महिने तालिमले आफ्नो आत्मबल बढेको भन्दै सिकेको सिप ब्यवहारमा उतार्दै आत्म निर्भर बन्ने बताएका छन् । समापन समारोह आयोजक संस्थाका अध्यक्ष अनिल अधिकारिको अध्यक्षता ,बुद्वभूमि नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता , वडा न ६ का वडा अध्यक्ष नन्दलाल यादब को बिशिष्ठ आतिथ्यता , वडा सदस्य ईश्वरि खनाल आतिथ्यता रहेको ,कार्यक्रममा स्वागत मन्तब्य मदन लम्सालले दिनुभयो भने कार्यक्रम को संचालन काशिराम खनालले गर्नु भएको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६ शनिबार ००:००  ६ : ०१ बजे