मणि प्रसाद गैेह्रे, कपिलवस्तु ।
यशोधरा गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुभएको छ । गाँउपालिकाको वडा नं. १ को पकडी गाउंमा पोखरी मर्मतको कामको सुरुवात गरी कार्यक्रम शुभारम्भ गरिएको छ । गाँउपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले पोखरीमा कोदालोले खनेर कार्यक्रमको उद्घाटन गरे भने उपाध्यक्ष कन्यावती उपाध्यायले माटो बाकेर पोखरीको वाधं निर्माण गरिन् । उद्घाटन गर्दे अध्यक्ष पाण्डेयले बेरोजगारलाई रोजगार दिने कार्यक्रम स्थानीय बरोजगारलाई काममा लगाएर स्थानीय स्तरमै रोजगारी दिइएको बताए । यस वर्ष १ महिनाको लागी भएको रोजगार कार्यक्रम अर्को वर्ष वाट १ सय दिने कार्यक्रम रहेको पाण्डेयले बताए । कार्यक्रममा बोल्दै यशोधरा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खुम बहादुर घर्तीले रोजगारी नपाएर विदेशीन बाध्य भएका युवाहरुलाई नेपालमै रोजगारी दिने उद्देश्यले प्रधानमन्त्री कार्यक्रम शुरुवात भएको बताए । १ महिनाको लागि रोजगारी कार्यक्रम भए पनि समयको अभाव र शुरुवाती चरण र तयारीका क्रममा १५ दिनको लागि यो कार्यक्रम शुरुवात गरेको बताए । गाँउपालिकाको प्रत्येक वडाबाट ५० जनाको दरले ४ सय जनालाई १५ देखि २० दिनको लागि रोजगारी दिइने अधिकृत घर्तीले बताए । यो वर्ष गाउंपालिकामा यो कार्यक्रमको लागी ४४ लाख रकम आएको रोजगार संयोजक रमेश बेल्वासेले बताए ।
वडाका गरीवहरुले श्रम मार्फत रकम पाउने र स्थानीय स्तरमै कार्यक्रम गरिएको वडा नं. १ का वडा अध्यक्ष शिव पुजन पासीले बताए । गाँउपालिका भित्र रहेको कुलो तथा नाली मर्मत, बाटो सरसफाई, मन्दिर निर्माण, फुलबारी बनाउने लगायतको कार्य गरिने छ ।
कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष कन्यावती उपाध्याय, वडा अध्यक्ष चन्द्र प्रकाश दुवे कार्यपालिका सदस्य शौकीलाल बढई लगायतको सहभागिता रहेको थियो ।
३२ जेष्ठ २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया