काठमाडौं ।
यही जेठ १२ गते काठमाडौंमा भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा परी घाइते भएका थप एक जनाको उपचारको क्रममा ओम अस्पतालमा मृत्यु भएको छ। मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिका ४ का रामकुमार श्रेष्ठ रहेका छन्। योसँगै श्रृङ्खलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। यसअघि विस्फोटमा परी घटनास्थलमै २ जना र उपचारका क्रममा अन्य २ जनाको पनि मृत्यु भएको थियो। सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका श्रेष्ठको ओम हस्पिटलको आइसियुमा उपचार भइरहेको थियो। उक्त घटनामा घाइते अन्य दुईजना सुरेन्द्र महर्जन र हरि खड्काको अहिले पनि सोही हस्पिटलमै उपचार भइरहेको छ।
३२ जेष्ठ २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया