९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

विश्वकप क्रिकेटमा आज २ खेल, दक्षिण अफ्रिका पहिलो जितको खोजिमा



एजेन्सी–विश्वकप क्रिकेटमा आज २ खेल हुँदै छन् । आजका खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान तथा श्रीलंका र अष्ट्रेलिया भीँड्ने छन् । अफगानिस्तानसंग भिड्दा दक्षिण अफ्रिका पहिलो जितको खोजीमा हुने छ । विश्वकपकै इतिहासमा कमजोर प्रदर्शन गरेको साउथ अफ्रिका आज पराजित भएमा प्रतियोगितामा बाँकी खेल केवल प्रतिष्ठाको लागि मात्र खेल्न बाध्य हुने छ । किन कि यसअघि भएका तीन खेलमा हार खाएको छ भने एक खेल बर्षका कारण रद्ध भएर जम्मा १ अंक बनाएको छ ।
आज नेपाली समयानुसार साँझ ६ः१५ मा अफगानिस्तानसँग भिड्दा दक्षिण अफ्रिकाले जितको सुरुवात गर्न चाहन्छ । तर, शीर्ष स्थानका ब्याट्सम्यान र बलर नै नचल्दा दक्षिण अफ्रिका समस्यामा छ । हसिम अमला, क्विन्टन डि कक, फाप डुप्लेसिस, जेपी जुमिनी, डेभिड मिलर जस्ता ब्याट्सम्यान चल्न सकिरहेका छैनन् । लगातार हारको मुख्य कारण पनि यही हो । बलिङ पनि प्रभावकारी छैन । इमरान ताहिर, कागिसो रबडाजस्ता बलरमा जादुमयी प्रदर्शन देखिएको छैन ।
अफगानिस्ताको अवस्था पनि योभन्दा फरक छैन । तुलनात्मक रुपमा कमजोर मानिए पनि ठूला टिमलाई बेलाबेला चक्मा खुवाउने अफगानिस्तान योपटक त्यस्तो छैन । बलिङ ठीकठाक भए पनि ब्याटिङ चल्न नसक्दा जितिसकेको खेल पनि अफगानिस्तानले गुमाएको छ । शनिबार दक्षिण अफ्रिकाविरुद्ध मैदान उत्रिँदा लगातार तीन खेल गुमाएको अफगानिस्तान पनि पहिलो जितको खोजीमा हुनेछ ।यस्तै आज नै अर्को खेलमा अष्ट्रेलिया र श्रीलंका भीँड्ने छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६ शनिबार ००:००  ८ : २४ बजे