९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

निर्माणाधिन सिमेन्ट उद्योग भत्कँदा दाङमा तीन मजदुरको ज्यान गयो



दाङ – दाङमा निर्माणाधिन सिमेन्ट उद्योग भत्कँदा तीन भारतीय मजदुरको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको सिमेन्टको नयाँ प्लान्ट निर्माणको क्रममा ढलाइ भत्कँदा तीन जना मजदुरको ज्यान गएको हो । नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान एक्कासी भत्किँएको थियो । घटनामा परि तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताउनुभयो । मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव रहेका छन ।घटनामा परि अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । जसमध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको छ । घाइतेहरुको फलोरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियो । घटना राति २ बजे भएको बुझिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ

प्रकाशित मिति : ३२ जेष्ठ २०७६ शनिबार ००:००  ७ : ५८ बजे