मायादेवी अनलाइन, तौलिहवा ।
१० स्थानीय तह रहेको कपिलवस्तुमा पछिल्लो ३ महिनामा बजार अनुगमनलाई सरकारी कार्यालयले तिव्रता दिएको छ । कपिलवस्तुको वाणगंगा, बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकामा बजार अनुमगनलाई तिव्रता दिइएको हो । पछिल्लो समय मायादेवी गाँउपालिकाको पकडी बजारलाई लक्षित गरेर अनुगमन भएको छ । बजारलाई व्यवस्थित गर्न र दैनिक उपभोग्य वस्तुको गुणस्तर बुझन बजार अनुगमनलाई तिव्रता दिइएको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र मायादेवी गाउँपालिकाको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले मायादेवी गाँउपालिका १ पकडी बजारमा अनुगमन गरेको हो । संयुक्त अनुगमन टोलीले पकडी बजारका ३२ वटा पसल व्यवसायमा अनुगमन गरेको र अधिकांश पसल विना दर्ता संचालन भएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख राजन केसीले जानकारी दिनुभयो । प्रमुख केसीका अनुसार त्यसरी मापदण्ड विपरित संचालन भएका पसल व्यवसायलाई १५ दिने अल्टीमेटम दिइएको छ ।
अनुगमनका क्रममा मूल्यसूची र साइनबोर्ड नराखेका पसलहरुलाई एकहप्ता भित्र राख्न निर्देशन पनि दिइएको छ । पकडी बजारमा केहि पसल व्यवसाय बिना दर्ता संचालनमा रहेको र केही नबीकरण नगरी व्यवसाय संचालन गरेको पाइएकाले तत्काल घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्न अल्टीमेट दिइएको हो । पकडी चोकका मिठाई तथा होटल व्यवसायले खुल्ला रुपमा दैनिक उपभोग्य बस्तुको विक्री वितरण गरेर मानव स्वास्थ्यमा गम्भिर लापरवाही गरेको अुनगमन टोलीले बताएको छ ।
गर्मीयामका कारण दैनिक उपभोग्य बस्तु चाडै विग्रने र मिठाई पसलमा पर्याप्त सरसफाई नहुँदा खानयोग्य नहुने अनुगमन टोलीले बताएको छ । सम्भवत पहिलो पटक मायादेवी गाउँपालिकाको पकडी बजारमा अनुगमन भएपछि केही व्यवसायी पसल नै बन्द गरेर हिडेका थिए । एक व्यवसायीले भने बजार अनुगमन नहुँदा व्यवसायीले लापरवाही गर्ने गरेको बताए ।
प्रतिक्रिया