मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिकाले शनिबार (आज) बाट जेष्ठ नागरिकलाई घरमै पुगी स्वास्थ्य सेवा दिने भएको छ । नगरभित्रका ८४ वर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई घरघरमै पुगी स्वास्थ्यसेवा दिने नगरपालिकाले जनाएको छ ।
प्रदेस सरकारको निर्णय अनुसार प्रदेश ५ का १२ वटै जिल्लामा यो सेवा सुरु गरिने छ । जस अनुसार वाणगंगाले आजबाट नै सेवा सुरु गर्न लागेको हो । कार्यक्रमबाट जेष्ठ नागरिक लाभान्वित हुने छन् । त्यसको लागि शुक्रबार वाणगंगाले अभिमुखीकरण सम्पन्न गरेको छ ।
उपमेयर चक्र अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण परिवार नियोजन स्वास्थ्य कार्यलय कपिलवस्तुका सुपरभाइजर कुमार थापा, कपिलवस्तुका जनस्वास्थ्य मधुकर घिमिरे, फेयरमेड नेपालका तुल्सीराम खनाल, कालिका स्वालम्बन विकास केन्द्रका राजेन्द्र सिंह रावतले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा वाणगंगा नगर स्वास्थ्य शाखामा एक वर्षमा भएका प्रगती विवरण स्वास्थ्य सहसंयोजक कमल ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम नगर स्वास्थ्य संयोजक कृष्ण घिमिरेको सञ्चालनमा भएको हो ।
३२ जेष्ठ २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया