काठमाडौं ।
विश्वकप क्रिकेटअन्तर्गतको १९ औं खेलमा वेष्ट इन्डिजद्वारा इङ्ल्यान्डले आठ विकेटको जित हात पारेको छ ।
साउथह्याम्प्टनको द रोस बल मैदानमा भएको खेलमा वेष्ट इन्डिजले दिएको २१३ रनको लक्ष्य इङ्ल्यान्डले ३३ ओभर एक बलमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४४ ओभर ४ बलमा पूरै विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । इङ्ल्यान्डको जितका लागि जई रुटले ९४ रन बलमा शतक बनाएका थिए ।
यसअघि वेष्ट इन्डिजका लागि निकोलस पुरनले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन । ७८ बल खेलेका उनले ३ चौका र १ छक्काको सहयोगमा ६३ रन बनाए । त्यस्तै शिम्रोन हेट्मायर ३९ रन जोड्दा क्रिस गेल ३६, आन्द्रे रसेल २१, कार्लोस ब्राथवेट १४ रनको योगदान गरे ।
३२ जेष्ठ २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया