९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

दाङमा घुस रकम सहित सहायक वन अधिकृत पक्राउ



दाङ ।

दाङको लमहीबाट सहायक वन अधिकृत रामप्रसाद साह २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा लमहीको एक पसलबाट पक्राउ गरेको हो । उनी सव–वन डिभिजन कार्यालय बेलामा कार्यरत थिए ।

उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । सामुदायिक वन दर्ता सिफारिस गरिदिए वाफत घुस रकम लिने क्रममा पक्राउ परेको अख्तियार स्रोतले जनाएको छ । साहलाई अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय नेपालगञ्जले नियन्त्रणमा राखेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६ शुक्रबार ००:००  ७ : ३० बजे