९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

पाल्पाको रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प



रामपुर ।
पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प भएको छ । ५० श्ययाको नयाँ भवन बनिरहेकाले भवन अभावमा सेवा दिन नसकिरहेको अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले स्वीकारे ।
पाल्पा जिल्लासँगै स्याङ्जा, तनहुँ र नवलपुरका बिरामीले दैनिक सेवा लिने अस्पतालमा विशेषज्ञ सेवाका लागि नौ जनाको दरबन्दी भए पनि रिक्त रहेको कोइरालाको भनाइ छ । त्यो मात्रै होइन अस्पतालमा प्रशासकीय कर्मचारीसमेत नहुँदा समस्या छ । अस्पतालमा एक सुब्बा, लेखापाल र एक खरिदारको दरबन्दीसमेत खाली छ ।
अस्पतालका सूचना अधिकृत कोइरालाका अनुसार अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध हुने ७० किसिमका औषधि नियमित दिने गरेको छ । उनले प्रशासकीय कर्मचारीको अभाव भए पनि आफूले उपलब्ध हुने अस्पतालका सेवा सुविधाका बारेमा निगरानी गरिरहेको बताए ।
कालीगण्डकीबेशीका करीब २०० को हाराहारीमा बिरामीले स्वास्थ्य उपचारका निम्ति आउने अस्पतालमा अहिले सात जनामध्ये एमबिबिएस डाक्टरमध्ये चार स्थायी र तीन करारले सेवा दिँदै आएका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६ शुक्रबार ००:००  ७ : २३ बजे