९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

गुठि विधेयक फिर्ता लिन नेवाः पुचः दक्षिण कोरियाको सरकारसँग आग्रह



मायादेवी अनलाइन, दक्षिण कोरिया (सौल) ।
कोरियामा क्रियाशिल जातिय संस्था नेवाः पुचः, दक्षिण कोरियाले गत हप्ता संसदमा दर्ता भएको गुठी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ ।
संस्थाले आज (शुक्रवार) एक विज्ञप्ती प्रकाशित गर्दै भूमि सुधार मन्त्रालयले संसदमा दर्ता गरेको उक्त विधेयक तत्काल फिर्ता लिन माग गरेको हो ।
विज्ञप्तीमा देशको मौलिक परम्परा, संस्कृति र इतिहास नै राज्यको अमूल्य सम्पत्ति र पहिचान हो भन्ने यथार्थ अवगत हुँदा हुँदैपनि यसलाई मेटाउन राज्य नै उद्दत रहेको आरोप लगाईएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६ शुक्रबार ००:००  ६ : ५५ बजे