एजेन्सी ।
फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा चीनले पहिलो जित निकालेको छ । चीनले दक्षिण अफ्रिकालाई १–० ले हरायो ।
समूह बी अन्तर्गत बिहीबार राति भएको खेलमा जित हात पार्दै चीनले नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । फ्रान्सको पेरिसमा भएको खेलमा चीनलाई जित दिलाउनका लागि लि यिङको गोल निर्णायक बन्यो । उनले खेलको ४०औं मिनेटमा गोल गरेकी थिइन् । यसअघिको खेलमा चीन जर्मनीसँग पराजित भएको थियो ।
३१ जेष्ठ २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया