९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गाडीभाडा बढाउने निर्णय फिर्ता



मायादेवी अनलाइन, कपिलवस्तु ।
यातायात व्यवस्था विभागले गाडीभाडा बढाउने निर्णय फिर्ता लिएको छ । नयाँ भाडादर समेत सार्वजनिक गरेको विभागले तत्काललाई यो निर्णय फिर्ता लिइएको जानकारी दिएको हो ।

थप निर्णय गरी ठोस निष्कर्षमा पुग्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म नयाँ भाडादरको निर्णय कार्यान्वयन नहुने विभागले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा विभागले भाडावृद्धिको निर्णय फिर्ता लिएको बुझिएको छ ।यसअघि विभागले विभागले छोटो दुरीमा १२ प्रतिशत र लामो दुरीमा २० प्रतिशतसम्म भाडा बढाएको थियो।

प्रकाशित मिति : ३० जेष्ठ २०७६ बिहिबार ००:००  १० : १८ बजे