९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

जनमुक्तिले तोक्यो भष्ट्राचार बिरुद्धको अभियानका लागि जिल्ला संयोजक, कपिलवस्तुमा रौतार



बुटवल ।
राष्ट्रिय जनमुक्ति पार्टीले सञ्चालन गरेको ‘भष्ट्राचार बिरुद्ध राष्ट्रिय अभियान’ का लागि प्रदेश ५ अन्तर्गतका जिल्लाका लागि संयोजक तोकिएको छ ।
जनमुक्ति पार्टीले राप्ति क्षेत्र (रोल्पा, रुकुम, दाङ र प्यूठान) को संयोजकमा पार्टी उपाध्यक्ष ठाकुर रोका, बाँके संयोजकमा संघीय परिषद सदस्य धनसिंङ राना, बर्दिया संयोजक संघीय महासभा सदस्य मदन थापालाई तोकेको छ ।
यसैगरी संघीय परिषद सदस्यहरू भैरब थापालाई अर्घाखाँची, छत्र बहादुर दर्लामीलाई गुल्मी, नगेन्द्र रौतारलाई कपिलबस्तु, क्या.भीम बहादुर रानालाई रूपन्देही र गीता सारूलाई पाल्पा र पदेन सदस्य (जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष) शंकर गाहालाई नवलपरासीको लागि अभियानको संयोजक तोकिएको छ ।
पार्टी महासचिव तथा अभियानका केन्द्रीय संयोजक केशव सूर्यवंशीको बिशेष उपस्थितिमा, पार्टी उपाध्यक्ष तथा अभियानका प्रदेश ५ संयोजक होमाया गुरुङको संयोजनमा विहीबार बुटवलमा बसेको बैठकले जिम्मेवारी तोकेको हो ।
बैठकमा प्रदेश ५ अन्तरर्गतका संघीय परिषद सदस्यहरू, पदेन सदस्यहरू, प्रदेश ५ का अध्यक्षका साथै आमन्त्रित केंद्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६ बिहिबार ००:००  ९ : ३६ बजे